बागलुङ बसपार्कमा लागूऔषधसहित ४ जना पक्राउ
पाेखरा | कात्तिक २३, २०८१
पोखरा: पोखराको बागलुङ बसपार्कबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कमा लागूऔषध विक्रीवितरण गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले पोखरा महानगर–२ बागलुङ बसपार्क बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय प्रदिप पुन, पोखरा–४ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र गणेशटोल बस्ने १९ वर्षीय सुमित नेपालीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरेको लागूऔषध र मोबाइल, फोटो: कास्की प्रहरी
प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सूल आइपी ट्रामोल ५० लेखिएको लागूऔषध १ सय ६० थान र ४ थान मोबाईल बरामद गरेको छ ।
प्रक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

